
पूर्णपुष्टि, बैशाख २ गते ।
सल्यानमा नक्कली पास र बिरामी बनाएर यात्रु ओसारपासर गर्ने एम्बुलेन्स चालकसहित चारजना पक्राउ परेका छन् ।
नक्कली पास र नक्कली बिरामी बनाएर यात्रु ओसारेको आरोपमा एम्बुलेन्ससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रा १ च ५१२ नम्बरको एम्बुलेन्स चालक दाङका ३० वर्षीय गिरीराज खत्री, २९ वर्षीय मिनराज सुवेदी, २३ वर्षीय दिपु चौधरी र १८ वर्षीय रविन चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
नक्कली पास र नक्कली बिरामी लिएर पश्चिम रुकुमदेखि दाङको तुलसीपुरतर्फ आउँदै गरेका एम्बुलेनसलाई सल्यानको बागचौर नगरपालिका–५ बाङ्गेलाकुरीको इलाका प्रहरी कार्यालय सिमखोली सल्यानले गत चैत ३० गते जाँचको क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोही एम्बुलेन्स मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङले सञ्चालन गर्दै आएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
