Friday, June 12News That Matters

कुटपिटबाट घाइते भएका शाहीको मृत्यु : मृतकको शव आफन्तले बुझ्न मानेनन्

पूर्णपुष्टि, जेठ ५ गते ।
एक समुहको कुटपिटबाट हुम्लाको खार्पुनाथमा ६० वर्षीय एक वृद्धको ज्यान गएको छ । आफ्नै घर बाहिर बसिरहेको बेला एक समुहको कुटपिटबाट गम्भीर घाइते भएका छत्रबहादुर शाहीको उपचारको क्रममा नेपालगन्जको नर्सिङ होममा ज्यान गएको हो ।
वैशाख ३१ गते घर बाहिर बसिरहेका बेला ६० वर्षीय शाहीलाई एक समूहले कुटपिट गरेको उनका छोरा सागर शाहीले बताए । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर गरिएको थियो । त्यहाँबाट पनि नेपालगञ्ज पु¥याइएको थियो ।
मृतक शाहीको शव आफन्तले बुझ्न मानेका छैनन् । कुटपिटमा संलग्न भएको आरोपमा ९ जनाविरुद्ध उजुरी दर्ता गरे पनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म प्रक्राउ नपरेपछि शव नबुझेको मृतकका छोरा सागरले बताए ।
३१ गते शाहीसहित खार्पुनाथ–५ का मन्दिर ऐडी र ऐडीका छोरा पनि कुटिएका थिए ।