पूर्णपुष्टि, कार्तिक ४ गते ।
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । काठमाडौंको मुसिकोट नगरपालिका–७, बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाललाई ४० वर्षीया श्रीमती ताल कुमारी कुमालको हत्या अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । घटनापश्चात् जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
