Thursday, June 4News That Matters

उदयपुरमा ट्याक्टर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

पूर्णपुष्टि, कार्तिक ४ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१५ हराबोटेमा शुक्रबार ट्याक्टर दुर्घटना हुदाँ घटनास्थलमै चालकको ज्यान गएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१३ भूसुने बस्ने २२ वर्षीय ट्याक्टर चालक विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
डहरबाट बेल्दोवान तर्फ आउँदै गरेको प्रदेश–२–०१–००१ त १०३३ नम्बरको ट्याक्टर आज बिहान ९ बजे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना स्थलबाट मुचुल्का उठाई शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर ल्याएको छ ।