Wednesday, June 3News That Matters

लहानको डाक्टरमाथि हातपात भएपछि अस्पतालको सेवा अवरुद्ध

पूर्णपुष्टि, कार्तिक ४ गते ।
डाक्टरमाथि हातपात भएपछि सिरहाकोे लहान प्रादेशिक अस्पतालको सेवा अवरुद्ध भएको छ । प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर अंशु शौरभमाथि स्थानीयले हातपात गरेपछि सेवा बन्द गरिएको हो ।
स्थानीय ललिता यादवले अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टकै अगाडी डाक्टरमाथि हातपात गरेकी थिइन् ।
डाक्टरमाथि अनाहकमै कुटपिट हुनु दुखद भएको भन्दै अस्पतालका डाक्टरहरूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र अस्पतालमा यस्ता गतिविधि हुन नदिने वातावरण बनाउन माग गर्दै अस्पतालको सेवा बन्द गरेको छ । डाक्टरहरूको आन्दोलनले शुक्रबार बिहानदेखि अस्पतालका केही सेवा अवरुद्ध छन् । हातपातको घटना बिहीबार साँझको हो ।
बाहिरको व्यक्ति बोलाएर नियोजित रुपमा आफुमाथि हातपात गराएको डाक्टर शौरभले बताएकिछिन् ।
डा. शौरभ जनकपुरबाट काजमा लहान अस्पतालमा कार्यरत छिन् । काज फिर्ता माग्न मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील कुमार कुसवाहाको कार्यकक्षमा पुगेका थिए । त्यहाँ अस्पतालका अध्यक्ष शत्रुधन मण्डल पनि थिए ।
मण्डलसँगै आएकी ललिता यादवले डा. शर्मामाथि हातपात गरेकी हुन् । समस्या समाधान गर्न छलफल भईरहेको अस्पताल सुपरिटेन्डेन्ट कुसवाहाले जानकारी दिए ।
यता घटनाबारे जानकारी लिइरहेको उजुरी आए अनुसन्धान गरी कानूनी प्रक्रिया बढाउने इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।