
उदयपुर, माघ ७ गते ।
उदयपुरको कटारीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१० राम्चेका ६६ बर्षीय बलबहादुर सुनुवारको मृत्यु भएको हो ।
स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक विच सोमवार राती ९ बजे बादबिबाद भई कुटपिट हुँदा बलबहादुर घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका बलबाहादुरको कटारी अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
