Wednesday, May 27News That Matters

बाढी पुनर्लाभ परियोजना बारे समन्वय बैंठक

उदयपुर, माघ ७ गते ।

उदयपुरको चार पालिकामा बाढि पिडितहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले सञ्चालन भएको नेपाल बाढी पुुनर्लाभ परियोजनाबारे समन्वय बैंठक मंगलबार गाईघाटमा भएको छ ।

जाल्पा एकिकृत विकास समाजले सञ्चालन गर्ने परियोजनाबारे जिल्लास्थित सरोकारवालाहरुबीच समन्वय बैंठक भएको हो । बैंठकमा संस्थाले जिल्लाको उदयपुरगडी, ताप्ली, रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकामा परियोजना सञ्चालित छ ।

परियोजना अन्तर्गत सिचाई कुलो सफाई, मर्मत गर्ने, सडक मर्मत गर्ने,  हाटबजार सुधार तथा मर्मत, विद्यालय पर्खाल मर्मत, गाउँघर क्लिनिक भवन मर्मत जस्ता १७ वटा योजनाहरु रहेका छन् । जसमध्ये तीनवटा सम्पन्न भईसकेको जनाइएको छ ।  ४७ घरलाई बाख्रा वितरण रहेको छ । साथै विउ विजन वितरण पनि रहेको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा भएको बैंठकमा जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई, जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत मिलन राई, विषयगत सरकारी कार्यालय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैर सरकारी संस्था, पत्रकारहरुको सहभागिता थियो ।

समन्वय प्रमुख परियारले परियोजनाले पिडितलाई राहत र सहयोग पुग्नु पर्ने बताउनुभयो । उदयपुर पहाडी भुभाग बढि रहेको प्राकृतिक जोखिम जिल्ला रहेकोले परियोजना सान्दर्भिक रहेको बताउनुभयो । उहाँले परियोजना अन्तर्गतका कार्यक्रमहरुलाई सामुहिक विकास र सामुहिक फाईदाको रुपले अगाडी बढाउन सके थप प्रभावकारी हुने सुझाउनुभयो ।

समन्वय उपप्रमुख राईले योजना तथा कार्यक्रमहरुमा दिगोपना हुनुपनेृ बताउनुभयो । समन्वय बैंठक परियोजना सन्चालन अघि गर्नुपर्नेमा ढिलो भएको टिप्पणी गर्नुभयो । बाँकी योजना तथा कार्यक्रमहरु प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले ६ महिने परियोजनालाई पिडितको हितमा सन्चालन गरिएको बताउनुभयो । योजनाहरुमा डोजर, जेसिवि जस्ता ठूला मेसिन प्रयोग नगरी मानवीय जनशक्ति प्रयोग गरिने भनिएकाले केही रोजगारी पनि सिर्जना हुने बताउनुभयो । उहाँले बैंठकमा आएका सल्लाह सुझाव अनुरुप अगाडी बढ्ने बताउनुभयो । साथै परियोजना प्रभावकारी देखिएको खण्डमा आगामी वर्ष पनि निरन्तरता पाउने सम्भावना रहेको बताउनुभयो ।