Wednesday, May 27News That Matters

मर्छ भन्दै फर्काएको बिरामी सुधार हुदै गयाे, थप उपचार खर्चकाे अभाव

उदयपुर, माघ ७ गते

आगोले शरिरको ४५ प्रतिशत जलेको उदयपुरका एक बिरामीलाई काडमाण्डोको किर्तिपुर हस्पिटलले घर फर्कायो । एक हप्ता भित्रै बिरामी मर्ने कुराको संकेत सहित बिरामीलाई घर पर्कायो । एक प्रतिष्ठित अस्पतालले हप्तादिन भित्रमै छोरा मर्ने कुरा सुनाएपछि विरामीको परिवार निरास हुदै घर पर्किए ।

उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँका १८ वर्षिय युवा हेमबहादुर पाठकलाई किर्तिपुरले फर्काई दिएपछि मरेपनि अस्पतालमै मरोस् भन्दै परिवारले पुस २८ गते घरको सट्टा जिल्ला अस्पताल उदयपुरमा भर्ना गराए । सास रहुन्जेल आश रहने भन्दै बिरामीकको परिवारले जर्वजस्ति जिल्ला हस्पिटल उदयपुरमा सामान्य भएपनि उपचारको लागि अनुरोध गरे । बिरामीको अवस्था नाजुक भएपनि हस्पिटलले अफुले सक्ने उपचार गर्ने भन्दै बिरामीको भर्ना लिए ।परिवारको अुनरोधमा अस्पतालले राखेको विरामीलाई अस्पतालले राम्रो हेरचाह, ड्रेसिङ तथा सक्दो उपचार गरेपछि विरामीको अवस्था अहिले निकै सुध्रिदै गएको विरामीका बुवा पर्वत पाठकले बताउनुभयो ।

ट्याक्टर चालक रहेका पाठक साहुको आदेशमा ट्याक्टर मर्मतका लागि गत पुस १८ गते इनरुवा गएका थिए । पानी परेसंगै चिसो बढेकाले आगो बाल्न पुरानो मोविल खन्याउने क्रममा जर्किननै विष्फोट भएको थियो । त्यसबाट उनको अगाडीपट्टिको भाग शिरदेखि खट्टैसम्म जलेको थियो । उनले लगाएका कपडासमेत जलेको थियो । छेउछउका मानिसहरुले उनीमाथिको आगो निभाए पनि धेरै मात्रामा उनको शरीर जलेको थियो । पाठकले ट्याक्टरमा उदयपुरदेखि खोटाङसम्म सामान ढुवानीको काम गर्दै आएका थिए ।

विरामीका भिनाजु हेमबहादुर राउतका अनुसार विरामीलाई उपचारार्थ तत्कालै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँबाट भोलीपल्टै किर्तिपुर हस्पिटल लगिएको थियो । परिवारको आर्थिक अवस्था अति नाजुक रहेको र अस्पतालले पनि माया मारेकाले फर्काएर जिल्ला अस्पतालमा राखेको विरामी छोरोको अवस्था सुधार आएपछि परिवारमा छोरो बचाउने आशा जागेको छ । विरामी युवा राम्ररी बोल्न, घटना विवरण भन्न सक्ने भएका छन् । खानसक्ने, दिसा, पिसाव गर्न सक्ने भएका छन् । अव चन्दा उठाएर भएपनि बचाउन परिवार जुटेको विरामीका बुवा पर्वतले बताउनुभयो ।
अव, उनलाई फेरी पनि राम्रो हस्पिटल लैजान जिल्ला अस्पतालले सुझाएको छ । जटिल अवस्थाको स्वास्थ्य स्थितिमा सुधार आएकाले राम्रो जनशक्ति, स्रोत, साधन र प्रविधि भएको अस्पतालमा उपचार गराउन सके विरामी निको हुने जिल्ला अस्पताल उदयपुरका प्रमुख डाक्टर निमित्त मेडिकल सुपरिटेण्टेन्ट डा. जीव नारायण खण्डलले बताउनुभयो ।परिवारले तत्कालै युवालाई उपचारका लागि राम्रो हस्पिटल लैजान चाहेको भएपनि आर्थिक अभावका कारण लैजान नसकेको जनाएको छ । रिण, साहु र चन्दा संकलनबाट काठमाडौंसम्म उपचार गराउदा अढाई लाख बढि खर्च भएको थियो । अहिले रिण माग्ने ठाउँसम्म नभएपछि छोरोको उपचारका लागि आर्थिक सहयोग र चन्दा उठाउने सोच परिवारको छ । “अब, चन्दा संकलन गरेरै भएपनि छोरा बचाउनुछ, सबैसंग सहयोगको आग्रह गरेको छु ।” वुवा पर्वतले भन्नुभयो । उपचार खर्च जुटेमा आफु बाँच्न सक्ने भन्दै विरामी स्वयम् हेमबहादुरले आर्थिक सहयोगको याचना गर्नुभयो । “म बाँच्न चाहन्छु, उपचार खर्च भएमा म बाँच्नसक्छु । मलाई सहयोग गर्नुहोस् ।” उहाँले भन्नुभयो ।