Friday, May 1News That Matters

कुलमान घिसिङलाई कारबाही गरे आन्दोलन गर्ने तामाङ मोर्चाको चेतावनी

पूर्णपुष्टि, साउन २२ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गरे आन्दोलन गर्ने तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले चेतावनी दिएको छ।

मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिए अनुसार डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्न पहल गरिरहेका घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाइए आन्दोलनमा उत्रिने जनाइएको छ।

मोर्चाले घिसिङको योगदानलाई स्मरण गर्दै उनले मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गराएको, विद्युत् निर्यातबाट वैदेशिक मुद्रा आर्जन गरेको र विद्युत् महसुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब बक्यौता रकम असुलीको लागि प्रयास गरिरहेको उल्लेख गरेको छ। साथै, मोर्चाले प्राधिकरणको बक्यौता नतिरेका उद्योगीहरूले नतिरेसम्म आम नागरिकले पनि बक्यौता नतिर्न र आफ्नो आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल गरेको छ।