
पूर्णपुष्टि, असार १२
पहिरोले अवरुद्ध भएको काठमाण्डौ–हेटौँडा सडक एक तर्फी खुलेको छ । पहिरो हटाएपछि काठमाण्डौँबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सडकमा एकतर्फी रुपमा गाडी चलेको हो ।
कुलेखानी नजिकै पहिरो खसेका कारण सडक एकतर्फी रुपमा सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ । बेलाबेला सडक माथिबाट ढुङ्गा खस्ने भएकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।
यस्तै निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ । लोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको र पहिरोे पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।
