
ताप्लेजुङ,असार १५
ताप्लेजुङमा एक बालक कुलोमा डुबेर मृत्यु भएको छ । श्रीजघां–१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको हो ।
हिजो बिहान करिब ११ बजे घरबाट निस्किएका रबिन अबेरसम्म घर नआएपछी खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
घटनाको जनाकारी पाउने साथ तत्काल प्रहरी चौकी सिनाम ताप्लेजुङबाट खटेका प्रहरी टोलीले कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
