Friday, May 22News That Matters

लागुऔषध सहित १ जना पक्राउ

झापा, असार १५

झापाको गौरादह–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी लागुऔषध सहित पक्राउ परेको छ ।

कमल गाउँपालिका–५ लवडाँडा स्थित राजमार्गमा हिजो साझँ करिब साढे ६ बजे मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिशेष सुचनाको आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।