
पूर्णपुष्टि, फागुन ७ । कृषि बिकास बैंकको (सिईओ) मा गोबिन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गुरुङलाई नियुक्त गरेको हो । यसअघि बोर्डमा तीनजनाको नाम सीईओ छनोट समितिले सिफारिस गरेको थियो । सिफारिस भएका तिनजना मध्येबाट गुरुङलाई सिईओ बनाउने निर्णय बोर्डले गरेको हो ।
कृषि विकास बैंकको सीईओमा २२ जनाले आवेदन दिएका थिए । तीमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो । सबै प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ सीईओ बनेका छन् । नवनियुक्त सीईओ गुरुङले सोमबारबाट कार्यभार सम्हाल्नेछन् ।
