Sunday, June 21News That Matters

केन्द्रिय सांसद सुरेश कुमार राई कोरोना मुक्त, हस्पिटल बाट डिस्चार्ज

पूणर्पुष्टि, बैशाख २८

कोरोना संक्रमण भई हस्पिटलमा उपचाररत रहनुभएका केन्द्रिय सांसद सुरेश कुमार राई हस्पिटल बाट डिस्चार्ज हुनु भएको छ । सुमेरु हस्पिटलमा सघन उपचार गराईरहनु भएका राईले करिब १० दिन पछि कोरोनालाई पराजित गर्दै डिस्चार्ज हुनु भएको हो ।

बैशाख १७ गते आफुलाई कोरोना संक्रमण पुष्टि भएको आम जनताहरुलाई फेसबुक मार्फत जानकारी गराउनु भएको थियो ।

संक्रमण दखिए लगत्तै उपचारमा रहनु भएको उहाँलाई केहि दिन पछि आइसियुमा राखेर उपचार गरियो ।

हाल भने कोरोन मुक्त भई हस्पिटल बाट डिर्चाज भएको सुरेश कुमार राईको अफिसियल फेसबुक पेजमा जानकारी गराइएको छ ।