Sunday, June 21News That Matters

कोरोना संक्रमण बाट नेपालमा आज २२५ जनाको मृत्यु

पूणर्पुष्टि, बैशाख २८

पछिल्लो दिनहरुमा दिन प्रतिदिन कोरोना संक्रमितहरुको मृत्यु भईरहेको छ । हिजो मात्रै १३९ जना मृत्यु भई नयाँ रेकर्ड राखेको मृत्युको संख्याले आज फेरी नयाँ रेकर्ड राखेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १२५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सहित नेपालमा मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।