Sunday, June 21News That Matters

नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ द्धारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

 पूणर्पुष्टि, बैशाख २८

बाहिर कोरोनाको माहामारी छ, कोरोना रोकथाम तथा नियन्त्रण भन्दैमा सबै जना घरमा बस्न भने पाइएको छैन । यो बेला रोग बाट बच्न सबैलाई घरमै बस्न भनिएको छ, तापनि कोहि भने बाध्यताले बाहिर खट्नु पर्ने अवस्था छ । सबै भित्र बसेर मात्रै रोग नियन्त्रण हुदैन् ।

अरुलाई भित्र बसाउनकै लागि भएपनि कोहि बाहिर बसेर दिनभर काम गर्नु पर्ने भएको छ, कोहि उपचारमा खटिनु पर्ने भएको छ भने कोहि सूचना समचार बाट जनताहरुलाई सचेत गराउनु छ ।

यतिवेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संञ्चारकर्मीहरुको निकै ठुलो भुमिका देखिन्छ । यसै शिलसिलामा अग्रपंक्तिमा रहेर कोरोना नियन्त्रणमा लागि परेका ट्राफिक प्रहरीलाई नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सुरक्षित रहित जनताको सेवामा खटिन मदत पुगोस भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

उदयपुरमा रहेका सम्पूणर् आयुर्वेदिक व्यवसायी संघहरुको सक्रियाता र सहयोगमा करिब १५ हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको संघका अध्यक्ष ओमराज लिम्वुले बताउनुभयो

मंगलबार ट्राफिक कार्यालयमै पुगेर संघका अध्यक्ष लिम्वुले ट्राफिक इन्चार्ज कमल कार्कीलाई सामाग्री उपलब्ध गराएको हो । संघले सेनिटाईजर, मास्क र सावुन उपलब्ध गराएको छ ।