Tuesday, June 9News That Matters

केन्द्र मोशन पिक्चर्सले गर्यो पल र मलिका सँग ६ महिनाको सम्झौता, अन्य कम्पनीहरुमा एक साथ काम गर्न नपाउने

पूर्णपुष्टि, चैत ११

केन्द्र मोशन पिक्चर्सको नयाँ संझौताले नायक पल शाह र नायिका मलिका महतलाई अन्य म्युजिक कम्पनीहरुमा ६ महिना अलग गराएको छ ।

केन्द्र मोशन पिक्चर्सले उनिहरुलाई ६ महिनाको लागि सम्झौता गरी म्युजिक भिडियोको काम गर्ने भएपछि अन्य कम्पनीहरुमा दुवैले एक साथ काम गर्न भने नपाउने भएको छ ।

एक साथ काम गर्न नपाउने भएपनि उनिहरुले छुट्टाछुट्टै काम गर्न भने पाउने छ । तर एक साथको लागि भने पल र मलिकालाई केन्द्र मोशन पिक्चर्सले सम्झौता गरिसकेको छ । पछिल्लो समय पल र मलिकाको जोडीलाई दर्शकहरुको बढ्दो चासोका कारण उनिहरु केन्द्र मोशन पिक्चर्सको सम्झौतामा ६ महिनाको लागि केन्द्रिद भएको हो ।

यस कम्पनीले यी जोडिको २ ओटा मात्र म्युजिक भिडियो बनाएका थिए । ती दुवै म्युजिक भिडियो करोडको क्लब माथि पुगेको छ । फुलबुट्टे सारीले हाल ४ करोड माथि भ्युज पाएको छ भने टाढा भएपनि गितले पनि २ करोडको हाराहारीमा भ्युज पाउन सफल भएको छ ।

यसरी दुई ओटा भिडियोमा मात्रै पनि दर्शको धेरै माया पाएको यस जोडिको म्युजिक भिडियोलाई मध्यनजर गर्दै कम्पनीले यो जोडि बिच ६ महिनाको सम्झौता गरेको हो ।