Tuesday, June 9News That Matters

ट्याक्सी दुर्घटना एकको ज्यान गयो

पूर्णपुष्टि, चैत ११

पाँचथर फाल्गुनन्द–५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको ज्यान गएको छ । ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बुको दुर्घटनामा परी ज्यान गएको हो ।

पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भिर घाईते भएका थिए । घाइते लिम्बुलाइ तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।