
पूर्णपुष्टि, ९ फागुन ।
राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप प्रचार प्रसारमा सहयोग पुराउन फुटसल गेमको आयोजना गरेको छ । कपलाई सफल र तिव्रता दिन संघले ब्यानर पर्चा सँगै फुटसलको आयोजना गरेको हो । केपी ओली कप यहि फागुन ११ देखी १९ गते सम्म काठमाडौँको एन्फा कम्प्लेक्समा हुँदैछ ।

राष्ट्रिय युवा संघ अन्तर जिल्ला उदयपुरका अध्यक्ष रिदम सुनवार (किराती) ले कपलाई प्रचारमा सहयोग पुराउन फुटसल खेलाईएको जनाए । यस फुटसल आयोजनाले कपलाई थप प्रचार प्रसारमा सहयोग पुराउने जनाए । कपलाई प्रचार प्रसारका लागि प्रदेश कमिटी सदस्य महेश मगर सहित अन्तर जिल्लाका युवा सँगै उदयपुरको युवाहरुको बिषेश भुमिका रहेको छ । संघका केन्द्रीय कोषाध्यक्ष राकेश राईको प्रमुख आथित्यमा काठमाण्डौँ स्थित सिता पाईलाको बलामी सेन्टर स्पोर्टमा फुटसल आयोजना गरिएको थियो ।

