
यसका अन्तर्राष्ट्रिय ख्यातिले विधार्थीहरुलाई विश्वको राम्रो कलेजमा भर्ना तथा छात्रवृत्ति पाउन सजिलो र सम्भव हुने गर्दछ भविष्यमा आफुलाई राम्रो र दक्ष बनाउनका लागि ए-लेभल कोर्ष अत्यन्त राम्रो मानिन्छ ।
—
रमेश निरौला
ए- लेभल इन्चार्ज (बिजयपुर ए- लेभल, सुनसरी, धरान)
फोन : 9810447759, ईमेल : campion.dharan2019@gmail.com
एस.ई.ई (एस.एल.सि) पछि आफनो सुनौलो भविष्यको निम्ति हरेक विधार्थी उत्कृष्ट शिक्षाको खोजीमा हुन्छन् । आफनै क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको अभावले पूर्वाञ्चलवासी हरेक वर्ष काठमाण्डौं जानुपर्ने बाध्यता रहिआएको थियो । यसै विषयलाई मध्यनजर गर्दै पूर्वाञ्चलमै पहिलो पटक बिजयपुर कलेज धरान ले संसारकै उत्कृष्ट क्याम्ब्रिज विश्वविधालयको ए-लेभल कोर्ष सञ्चालन गरेको छ । विगत १५ वर्षदेखि यसै क्षेत्रमा लागेका दक्ष र अनुभबिहरुद्धरा सञ्चालित यो कोर्ष अध्ययन गर्न अव काठमाण्डौं नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
के हो ए-लेभल ?
एस.ई.ई (एस.एल.सि.) वा सो सरहपछि विधार्थीहरुलाई विश्वविधालय प्रवेश गराउनु पूर्वको शिक्षा ए-लेभल हो । यो बेलायतको क्याम्ब्रिज विश्वविधालय अन्तर्गत, क्याम्ब्रिज इन्टरनेशनल एक्जामिनेसन बोर्ड (सी.आई.ई.) ले चलाउने “जनरल सर्टिफिकेट अफ एजुकेशन (जी.सी.ई.) को शैक्षिक कार्यक्रम हो । ए-लेभल नेपालको १०+२ सरहको पाठ्क्रम हो । तह उत्तीर्ण गरेपछि विधार्यीले विश्वको कुनै पनि विश्वविधालयहरुमा स्नातक स्तरको अध्ययन गर्नका लागि आवेदन दिन पाउँछन् । यसका अन्तर्राष्ट्रिय ख्यातिले विधार्थीहरुलाई विश्वको राम्रो कलेजमा भर्ना तथा छात्रवृत्ति पाउन सजिलो र सम्भव हुने गर्दछ भविष्यमा आफुलाई राम्रो र दक्ष बनाउनका लागि ए-लेभल कोर्ष अत्यन्त राम्रो मानिन्छ । यो कोर्ष पढेका विधार्थी सैद्धान्तिक र व्यावहाकि रुपमा दक्ष हुन्छन् । प्रविधिको उच्चतम् प्रयोग गरी पढाउने भएकोले विधार्थी बहुप्रतिभाशाली हुन्छन् । यसमा विधार्यीलाई घोकाएर भन्दा बुझाएर पढाउने गरिन्छ अर्थात विधार्थीले कति पढ्यो भन्दापनि कति बुझ्यो भन्नेलाई महत्व दिईन्छ र विश्लेषणात्मक पक्षलाई परीक्षामा बढी समावेश गरिन्छ । प्रश्न एक्टिभ हुन्छन् भने विधार्थीहरुको अभिव्यत्ति अब्जेक्टिभ हुन्छ ।
ए-लेभलको विशेषता
ए-लेभलमा जनरल पेपर (अंग्रेजी) बाहेक आफुलाई मन परेको विषय रोजेर पढ्न पाईन्छ । अंग्रेजी बाहेक अरु कम्तीमा तीनवटा विषय पास गरे विश्वको कुनैपीन विश्वविधालयमा भर्ना हुन योग्य हुन्छ । ए-लेभल पढेका विधार्थीले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउने हुनाले विधार्थीलाई अवसरको ढोका खोलिदिन्छ । विश्वको करिव १६० देशमा पढाइ हुने यो ए-लेभलको परीक्षा प्रणाली र ग्रेडिङ प्रणाली पनि विश्वभर एउटै मापदण्डको हुन्छ ।
प्रत्येक वर्ष मै/जुन र अक्टोबर/नोभेम्बर गरी वर्षको दुईपटक विश्वभरिनै एकैपटक परीक्षा सञ्चालन हुन्छ र नतिजा पनि सो अनुसार एकै साथ अगष्ट र जनवरी मा प्रकाशन हुन्छ । आफू पूर्णरुपमा तयार भएको विषयको मात्र परीक्षा दिन पाइने भएकोले विधार्थीलाई राम्रो ग्रेड ल्याउन सजिलो हुन्छ ।आफू सक्षम भएको विषयको परीक्षा पहिले दिएर बाँकी विषय आउने ६ महिनापछि दिएपनि हुन्छ । यदि कुनै विषयमा कम अङ्क आएमा त्यो विषयको मात्र पुनः परीक्षा दिएर राम्रो अङ्क पनि ल्याउन सकिने हुन्छ ।
ए-लेभलको पाठ्क्रममा अहिलेको विधार्थीले कस्तो प्रकारको शिक्षा वा ज्ञान प्रप्त र्गनुपर्ने हो सोहि अनुसारको सम्पूर्ण विषयको कोर्षहरु अप्डेट भइरहेको हुन्छ । ए-लेभल कोर्ष सेमिनार, छलफल, प्रयोगशालाविधी, प्रोजेक्टवर्क, प्रतिवेदन, लेखक, अनुसन्धान र समसामयिक विषयको अध्ययन आधारित हुन्छ । अतःआफनै देशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पढेर विश्वका विभिन्न मुलुक गई अधययन गरी फेरी आफनै देशमा फर्की सेवा गर्ने हो भने हाम्रो जस्तो विकासोन्मुख देशलाई यो भन्दा राम्रो अरु अवसर हुनै सक्दैन । त्यसैले यसको पाठ्क्रम, शिक्षा प्रणाली, परिक्षा प्रणालि, ग्रेडिङ्ग प्रणाली आदी सबै क्याम्ब्रिज विश्वविधालयले तय गरेको हुनाले ए-लेभल सबैको रोजाइको विषय बन्दै गएको हो ।

यसका अन्तर्राष्ट्रिय ख्यातिले विधार्थीहरुलाई विश्वको राम्रो कलेजमा भर्ना तथा छात्रवृत्ति पाउन सजिलो र सम्भव हुने गर्दछ भविष्यमा आफुलाई राम्रो र दक्ष बनाउनका लागि ए-लेभल कोर्ष अत्यन्त राम्रो मानिन्छ ।