Friday, May 22News That Matters

कैलालीमा एसईई दिएर घर फर्किँदै गरेको जीप दुर्घटना हुँदा एकको मृत्यु तीन घाईते

पूर्णपुष्टि,चैत्र २७ । कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । घाइते तीन जनाको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । ज्यान गुमाउने ठगुन्ना र घाइतेहरु चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थीहरु रहेको प्रहरीका जनाएको छ ।