
पूर्णपुष्टि, फागुन १९ । कोपा डे रे फुटबलको सेमिफाईनलमा पहिलो लेगको खेलमा आफ्नै गल्तीबाट रियलले बार्सिलोनासँग हार व्योहोरेको छ । रियलबाट आत्मघाती गोल हुँदा बार्सिलोनाले ०–१ गोलको जित हात पारेको हो ।
रियलको घरेलु मैदानमा बिहिबार राति भएको खेलको २६ औं मिनेटमा रियलका डिफेण्डर एडर मिलिटाओको आत्मघाती गोलबाट नै बार्सिलोनाले जित निकालेको हो । यि दुई बिचको दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा अप्रिल ५ मा हुदैँछ ।
