
पूर्णपुष्टि, बैशाख ४ गते ।
कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।
आज भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को रोकथामका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको हो ।
क्लिनिक सञ्चालनको अनुमति पाएका २५ वटा हब अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल, २२ वटा मेडिकल कलेज र काठमाण्डौ उपत्यकाका १६ निजी अस्पताललाई कोभिड क्लिनिक सञ्चालनका लागि सूचीकृत गरेको मन्त्रालयले जनाएको छ ।
