
पूर्णपुष्टि, बैशाख ४ ।
झापामा आरडीटी (द्रुत प्रविधी) बाट परिक्षण गर्दा पोजेटिभ देखिएको युवाको स्वाप नमुना परिक्षण (पिसिआर) परिक्षणबाट नेगेटभि आएको छ ।
झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएपछि कोशी अस्पताल विराटनगरमा स्वाप परिक्षण गरिएको थियो । पिसिआरबाट आज परिक्षण गर्दा नेगेटिभ देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।
द्रुतगतीको आरडीटीबाट परिक्षणलाई नै अन्तिम रिपोर्टको रुपमा मानिदैन, तसर्थ तत्कालै कोशी अस्पतालमा पिसिआरबाट परिक्षण गरिएको हो ।
