
पूर्णपुष्टि, जेठ २२ गते ।
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।
पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु गत जेठ २० गते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वाब परीक्षण रिपोर्टमा पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
