
पूर्णपुष्टि, जेठ ३ गते ।
दक्षिण कोरियाका एक सय चार वर्षीया जेष्ठनागरिक कोरोना संक्रमित उपचारपछि निको भएको छ । जेष्ठनागरिकको ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट डिस्चार्ज भएको हो ।
एक हप्ता अघि कोरोना संक्रमणको पुष्टि भएको जेष्ठनागरिकलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई सुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो ।
उनको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । ९ औँ पटकबाट कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको थियो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
