
पूर्णपुष्टि, जेठ ३ गते ।
सिराहामा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९)को संक्रमित फेला परेको छ । राष्ट्रिय जनवास्थ्य प्रयोगशाला, काठमाण्डौ टेकमा गरिएको परिक्षणमा सिराहाको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि २ नं प्रदेशको ७ वटै जिल्लामा कोरोना संक्रमित फेला परिसकेको थियो । तर सिराहा जिल्लामा भने देखा परेको थिएन ।
नेपालमा पछिल्लो पटक थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्र संक्रमितमध्ये सिराहा सखुवा–१९ का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै वीरगन्ज नगरपालिका–१२ का २८ र २९ वर्षका पुरुष, बर्दिया नार्खु–११ की २८ वर्षकी महिला, सर्लाही रामनगर–४ का १८ वर्षकी युवती र चितवन गढौली–१ की २५ वर्षकी युवतीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।

