
पूर्णपुष्टि, फागुन २८
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि एक जना नेपालीको मृत्यु भएको छ ।
बाग्लुङ गलकोट नगरपालिका–११ घर भएका र अहिले कोरियाको थेगु सहरमा राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परि गत सोमवार मृत्यु भएको हो ।
दुई वर्षअघि कोरिया गएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमवार साँझ करिब ६ बजे लडेको जनाईएको छ । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घले जनाएको छ ।
