
पूर्णपुष्टि,असार १० । भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना दिएका छन् । कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्।
धर्ना बस्न पुगेका श्रमिकहरु र प्रहरीबीच झडपको अवस्थासमेत सिर्जना भएको छ । पहिलोपटक जानेलाई प्राथमिकतामा राखेपछि यसअघि गएर आएकाहरूले आन्दोलन थालेका हुन् ।
कोरियामा ५ वर्ष काम गरेर फर्किएकाहरू पुनस् परीक्षा दिएर जाने पाउने व्यवस्था भए पनि ईपीएस पास गर्दा पनि आफूहरू जान नपाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
