Wednesday, May 20News That Matters

सर्वोच्च अदालतमा मेयर शाह विरुद्ध अवहेलनाको उजुरी

पूर्णपुष्टि, असार १० । काठमाण्डौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको छ । मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै कार्वाहिको माग सहित अधिवक्ता वर्षाकुमारी झाले निवेदन पेश गरेकी हुन् ।

उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।

केही दिनअघि महानगरभरिका हलमा भारतीय फिल्म चल्न नदिने मेयर शाहको निर्णय विरुद्धको मुद्धामा उच्च अदालतले सेन्सर बोर्डले अनुमति दिएको भारतीय तथा अन्य फिल्म चल्न दिनु भनी आन्तरीम आदेश जारी गरेको थियो । अदालतले जारी गरेको आदेश आफुले नमान्ने र अदालत भारतबाट प्रभावित भएको भन्दै आलोचना समेत गरेका थिए ।