Thursday, April 30News That Matters

कोरोनाको कारण सिभिल बैँक गाईघाट शाखाले वडा कार्यालयबाटै बाँडे बृद्ध भत्ता

पूर्णपुष्टि, माघ ५
सिभिल बैँक गाईघाट शाखाले कोरोना रोकथाम तथा नियन्त्रणलाई सहयोग पुराउँदै बृद्ध बृद्धाहरुलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बापतको बृद्ध भत्ता वितरण गरेको छ । बैँकले त्रियुगा नगरपालिका वडा नं ८ र ९ मा गएर बृद्ध भत्ता वितरण गरिरहेको बैँकका कर्मचारी दिल कटुवालले जानकारी दिए ।

बैँकमा धेरै भिँडभाँड हुने र कोरोना संक्रमण फैलिन सक्ने भन्दै सम्बन्धित वडाको पायक पर्ने ठाउँमा स्वास्थ्यको मापदण्ड र सामाजिक दुरीको समेत प्रयोग गरी भत्ता वितरण गरेको कटुवालले जानकारी दिए । यसरी वडामै भत्ता वितरणले जेष्ठ नागरिकहरुमा समेत सहज सम्मान पुग्नुका साथै बैँक आउन झन्झटीलो समेत नभएको बताए । बैँकले हिजो ८ नं वडामा वितरण गरिसकेको छ । आज ९ मा गर्ने जनाएको छ । भत्ता वितरण कार्यक्रममा बैँकका शाखा प्रमुख संजय सिग्देल सहित ४ जना खटिएको छ । भत्ता सम्बन्धित वडा सँग समन्वय गरी काम गरि वितरण गरिरहेको सिभिल बैँक गाईघाट शाखाले जनाएको छ ।