Sunday, May 31News That Matters

कोरोनाको जोखिम बढ्न थालेपछि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

पूर्णपुष्टि, पुष २६
पछिल्लो केहि दिन यता छिमेकी राष्ट्र भारमा कोरोना संक्रमणदर तीब्र रुपमा बढ्न थालेपछि नेपालमा पनि संक्रमण बढ्ने थालेको छ । संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । कोरोनाको जोखिम बढ्न थालेपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले यस्तो निर्णय गरेको हो ।
सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिनुभयो ।
बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।