
पूर्णपुष्टि, असोज १६
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गतराति ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा उच्च रक्तचापको पनि समस्या थियो ।
यही असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैबीच नोबेल मेडिकल कलेज विराटनगरमा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जनाईएको छ ।

