Tuesday, June 9News That Matters

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

पूर्णपुष्टि, असोज २६

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया एक सय नाघेको छ । अहिलेसम्म प्रदेशमा कोरोनाबाट मृत्यु  हुनेको सख्ंया १ सय ४ जना पुगेको हो ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ ।

मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८८ र अन्य प्रदेशका १५ जना रहेको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिले जनाएको छ ।
प्रदेश १ को मोरङका ४५, सुनसरीका ३०, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको हो । संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या ४ हजार ८ सय १२ पुगेको छ ।

प्रदेश १ मा १ लाख ३७ हजार ५ सय १७ जनाको .कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।