Tuesday, June 9News That Matters

धादिङमा गुडिरहेको बसमा आगलागी

पूर्णपुष्टि, असोज २६ 

धादिङको थाक्रेमा गुडिरहेको बसमा आगलागी भएको छ । बिहान तीन बजे थाक्रे गाउँपालिका–१ ढांडे सिम्लेमा बसमा आगलागी भएको हो ।
गुडिरहेका ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएको प्रहरीले जनाएको छ ।

बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगो लाग्नुको कारण खुल्न नसकेको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।