
पूर्णपुष्टि, असोज ३०
कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ बुद्धचोक निवासी ६५ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालमा उपचाररत पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएके छ । उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो । उनमा उच्च रक्तचाप सम्बन्धी पुरानो समस्या थियो ।

