Monday, June 29News That Matters

कोरोनाले मनोसामाजिक समस्या बढ्दो

पूर्णपुष्टि, बैशाख ५ गते ।

कोरोना भाइरस (कोभिड १९) को कारण मानिसमा मानसिक तनाव उत्पन्न हुन थालेको एक अध्ययले देखाएको छ ।

कोरोना संक्रमण र त्यसपछिको उत्पन्न परिस्थितिले मानिसमा डर, त्रास, चिन्ता, उदासिन्ता र दिक्दारी बढेको ‘शेयरकास्ट इनिशियटिभ नेपाल’ले गरेको एक अध्ययनले देखाएको हो ।

अध्ययनमा समेटिएका १५ सय सात जनामध्ये ४२ प्रतिशतलाई कम्तीमा एउटा र २६ प्रतिशतलाई दुई वा त्योभन्दा बढी मनोसामाजिक समस्या रहेको पाइएको थियो ।

त्यस्तै २० प्रतिशतले बेचैनी भएको बताए पनि अरुमा भने डर, चिन्ता र उदासिनता बढेको पाइएको छ । तर यसबीचमा सरकारले गरेको प्रयासप्रति भने सन्तुष्ट रहेको अध्ययनले देखाएको छ ।

बढ्दो मानसिक समस्या तनाव कम गर्न समूहमा बस्ने, मनमा लागेका कुरा अरुसँग साट्ने, तालिका बनाएर काम गर्ने, सिर्जनात्मक कुरामा ध्यान दिने, योग गर्ने, व्यायाम गर्ने, खेल्ने, पढ्ने, आफूलाई मन लागेको कुरा गर्न मनोविद्ले सुझाव दिएका छन् ।

कोरोनाका कारण मनोसामाजिक समस्या बढेको पाइएकाले यी समस्या घटाउन सरकार र सम्बन्धित निकायले छिट्टै ठोस कदम चाल्नुपर्नेमा पनि अध्ययनले जोड दिएको छ ।