
उदयपुर/बैशाख,५
जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले सम्पूर्ण जिल्लावासीहरुलाई अपिल गर्नुभएको छ । विश्वमा फैलिरहेको (कोभिड–१९) कोरोना भाईरसको उच्च जोखिममा रहेका सम्पूर्ण नेपालीहरु लगाएत बिषेश गरी सबै जिल्लाबासीहरुलाई सुरक्षित रहनु हार्दिक अपिल गर्नुभएको हो ।
अहिले नेपाल सरकारले लगाएको लकडाउन देशवासी जनताहरुको लागि नै रहेको हुदा यसलाई धर्यधारण गरी सुरक्षित रहन उहाँले अनुरोध गर्नुभएको छ । घरमै बसेर लकडाउनको पालना गर्दै भाईरसलाई नियन्त्रण गर्न सहयोग पुराउने सम्पूर्ण क्षेत्रहरुलाई उहाँले विषेश धन्यवाद दिनुभएको छ । प्रमुख परियारले यो समय अति आवश्यक काममा मात्र बाहिर निस्कन र अन्यकाममा यसको दुरुपयोग नगरी लकडाउनको पालना गर्न सबै नागरिकहरुमा सुझाव दिनुभएको छ ।
उहाँले यस भाइरस रोकथाम, उपचार, सुचना र व्यवस्थापनमा लाग्नुहुने सम्पूर्ण स्थानीयतह, गाउँपालिका नगरपालिका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संञ्चारकर्मी, राजनितिक दल, जनप्रतिनिध, संघ संस्था, कर्मचारी, नागरिक समाज, बुद्धिजिवि, व्यापारी, उद्योग व्यवसायी लगाएत सबैमा जिल्ला समन्वय समिति उदयपुरको तर्फबाट बिषेश धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँले जिल्लामा कोरोना भाइरसको रोकथाम, उपचार र व्यवस्थापनमा आवश्यक सल्लाहको साथ, नगरपालिका, गाउँपालिका, स्वास्थ्य संस्थाहरुको क्रियाशिल रहेको बताउनुभयो । उहाँले विश्वमा फैलिएको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरेको हुनाले नेपाल सरकार प्रदेश सरकार र स्थानीय सरकारहरुले दिएको निर्देशनहरुको पूर्ण पालना गरी भाइरसबाट बिजयी हुन जिल्ला वासीको मुख्य भुमिका रहेको बताउनुभयो ।
प्रमुख परियारले भाइरस बाट जोगिन कतिपनि लापर्वाही र हेलचेक्क्राइ नगर्न सम्पूर्णमा सुझाव दिनुभयो । उहाँले सम्पूर्ण नेपालीहरुमा २०७७ सालको अवसरमा कोरोना भाइरसकलाई जित्ने र यसको नियन्त्रणमा लाग्ने आत्मावल तथा चेतनाको विकास गर्न सक्ने क्षमताको शुभेच्छाा सहित नयाँ सालको शुभकामना समेत व्यक्त गर्नुभयो ।
भिडियो हेर्न यो लिंकमा जानुहोला ।
https://www.facebook.com/Purnapusti420730/videos/228900308180828/
