
पूर्णपुष्टि, जेष्ठ १५
नेपाल सरकारले कोरोना भाईरसको खोपका लागि २६ अर्ब ७५ करोड बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।
सरकारले बिभिन्न शिर्षकमा काकेरोना रोकथामको लागि बजेट छुट्याएको छ । औषधि खरिदका लागि ५ अर्ब ६० करोड, राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड, स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो, स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन ७ अर्ब ५० करोड रकम छुट्याएको छ ।
