
पूर्णपुष्टि, माघ १७
हालै नेपालमा सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा अग्र पंक्तिमा खट्नेहरुलाई खोप लगाउने भनिए सँगै नेपालमा आज खोप अभिान ३ दिन भएको छ । सो अभियानमा अन्तरगत स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको खोप धमाधम लगाईँदै छ ।
हाल ३ दिनको अवधिभर नेपालभरी ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाई सकेका छन् । तर खोप लगाई सकेका केहि व्यक्तिहरुमा भने यसले असर देखाएको छ ।
कर्णाली प्रदेशमा खोप लगाएका एक जनालाई घम्भिर स्वास्थ्य समस्या देखाएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोविन खड्काले बताए । त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ ।
यता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पहिलो दिन खोप लगाएकामध्ये २९ स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दा २३ जनामा सामान्य खालको स्वास्थ्य समस्या देखिएको डा. अनुप बाँस्तोला बताउँछन् ।
खोप लगाएका केही व्यक्तिहरूमा सामान्य असरहरू देखिए पनि केही समयपछि आफै निको भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
कोरोनाविरुद्धको खोप लगाइसकेपछि देखिने सामान्य समस्या भनेको डाबर आउने, रिंगटा लाग्ने, वाकवाकी आउने, टाउको दुख्ने, कमजोर भएको महसुस हुने, खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने आदि रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोबिन खड्काको भनाइ छ ।
३ दिनको अवधिमा कसैलाई पनि जटिल समस्या नदेखिएकाले प्राथमिकतामा परेका व्यक्तिलाई ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
कुनै पनि खोप लगाउँदा सामान्य खालका विभिन्न समस्या देखिने सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् । बच्चाहरुलाई टिटानस, लहरेखोकी, भ्यागुते रोगको खोप लगाउँदा, मौसमी रुघाखोकीको खोप लगाउँदा पनि ज्वरो आउने, सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने आदि समस्या देखिने उनले बताए । ‘बच्चालाई खोप दिँदा स्वास्थ्यमा सामान्य खालको समस्या देखिए पनि खासै ध्यान दिन्नथ्यौं,’ उनले भने, ‘कोरोनाविरुद्धको खोप लगाउँदा सामान्य समस्या देखिए पनि विभिन्न किसिमका भ्रमले गर्दा सन्त्रास बढेको हो ।’
कोरोनाविरुद्धको कोभिशिल्ड खोप धेरै देशका नागरिकले लगाइरहेकाले ढुक्क भएर लगाउन उनले आग्रहसमेत गरे । कोरोना संक्रमण हुन नदिन जनस्वास्थ्यका मापदण्ड पालना गरे पनि खोप सबैको पहुँचमा पुग्न सके संक्रमणलाई रोक्न सकिने टिचिङ अस्पतालका फोक्सो रोग विशेषज्ञ डाक्टहरु बताउँछन् । खोप बारे कुनै पनि भ्रम नपर्न डाक्टरहरुले सल्लाह दिएको छ ।
