
पूर्णपुष्टि, माघ १७
रोल्पामा निर्माण भईरहेको पुलको २५ प्रतिशत काम सकिएपछि शनिवार फेरी सिल्यान्यास हुने भएको छ । लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माणकार्य सुरु भएको थियो ।
सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको नेकपा ओली समूहका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्न लागेका हुन् । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रबारै लिवाङ आइसकेका छन् ।
पुलको सिल्यानस नेकपा बिभाजनको मुख्य जड देखिएको छ । उद्घाटन गर्नु पर्ने फुलको भखर सिल्यान्यास हुने भएपछि प्रचण्ड–माधव समूहले भने आपत्ति जनाएको छ ।
सामान्यतयाः कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण सुरु गरिन्छ । तर, २५ प्रतिशत निर्माणकार्य सकिएको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको हो ।
माधव–प्रचण्ड समूहले ओली समूहको पक्षमा जनता नभएको कारण गुटको कार्यक्रम भन्दा जनता उपस्थित नहुने भन्दै सिल्यान्यासको बाहानामा भेला आयोजना गर्न लागेको बताए । सरकारका साधनश्रोत दुरुपयोग गरेर विकासका नाममा झुक्याएर मानिस बोलाउने र आफ्नो गुट विस्तारको प्रयास भएको गरिरहेको माधव – प्रचण्ड समूहको आरोप छ ।
सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक÷राज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएको भएर निर्माणकार्य जारी रहेको उक्त कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठको भनाई छ ।
लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माणकार्य सुरु भएको थियो ।
