Saturday, June 6News That Matters

स्रोत अभावमै समता स्कुलको भवन निर्माण सुरु

पूर्णपुष्टि, माघ १६

गाईघाटमा लामो समय देखि भाडामा संञ्चालन रहेको समता स्कुलले आफ्नै भवन नर्माण सुरु गरेको छ । हाल ४ क्लास सम्म पठन पाठन गराईरहेको स्कलले यो बर्षको शैक्षिकसत्र देखि आफ्नै भवनमा विद्यार्थीहरुलाई अध्यापन गराउने जमर्काे गरेका छन् । विद्यालयले १५ कोठे बराबरको भवन निर्माण गर्न लागेको छ ।

समयमै भवन निर्माण भएमा यसै बर्षबाट आफ्नै भवनमा पठनपाठन सुरु गर्ने समता स्कुलकी प्रिन्सिपल लक्ष्मी राईल बताईन् ।

लामो समय देखि भाडा लिएर विद्यार्थीहरुलाई पढाईरहेको भन्दै आफ्नो भवन नहँदा विद्यार्थी व्यवस्थापनमा निकै समस्या परेको राईले बताईन् । आफ्नै भवन निर्माण तयार गरेपछि क्लासहरु थप गर्न सहज हुने र कक्षा ५ समेत भवनमै संञ्चालन गर्ने राईले बताईन् ।त्रियुगा नगरपालिका ११ शिवालय टोल स्थित समताको भवन निर्माण कार्य सुरु भएको छ । हाल विद्यार्थीहरुलाई अरुको घरमा कोठा भाडामा पढाईरहेको समताले आर्थिक स्रोत नभएको कारण भवन निर्माण गरी विद्यार्थी पढाउन सकिरहेको अवस्था थिएन ।

अहिले बन्दै गरेको भवनलाई पनि आर्थिक स्रोत नपुगेको प्रिन्सिपल राईले बताईन् । दुख सुख ऋणमै भएपनि भवन निर्माण कर्यमा लागि परेका छौ, उनले भनिन् ।

१५ कोठे भवनका लागि ६० लाख बराबर स्टामेट तयार भएको छ । तर विद्यालयको आर्थिक स्रोत भने छैन् ।

गत बर्षको अविभावक भेलामा विद्यार्थीका प्रत्यक अविभावकहरुले ५ हजार १ सय भवन निर्माणका लागि सहयोग गर्ने निर्णय भएको थियो । त्यो अभियान चलिरहेको भएपनि बिचमा कोरोनाको कारणले रोकियो । तथापी त्यसलाई फेरी निरन्तरता दिने प्रिन्सिपल राईले बताईन् । उनले विद्यालयको भवनको आर्थिक स्रोत अविभाक बाहेक अरु कोही नरहेको जनाए ।

हाल ३ सय १३ जना अविभावकहरुका छोरा छोरी ४ सय ७० जना समता स्कुलमा अध्यानरत छन् ।

विद्यालयका कलस्टर डिभि राईका अनुसार विद्यालयका केन्द्रिय फाउन्डेसनले पनि विधिगत रुपमा पैसा नछुटाएको बताए । संस्थाको आफै पनि समस्यामा रहेको र सबै जिल्लाहरुमा फाउण्डेसनले सहजिकरण गर्नु नसक्नाले फाउण्डेसनले बिधिगत रुपमा पैसा छुटाएको छैन् ।

हाल संञ्चालनका लागि ३ ओटा घर भारामा लिएर पठन पाठन भईरहेको विद्यालयका कलस्टर राईले बताए । बार्षिक १० लाख बराबर पैसा भरा मात्रै तिर्नु पर्ने राईले बताए । ठुलो रकम भरा बापत तिर्नु पर्ने हुदा विद्यँलयमा कुनै स्रोतहरु नभएको उनले बताए । हाल बन्ने भवनका लागि २२ कठ्ठा जमिन लिजमा लिएर विद्यालय संञ्चालन गर्न लागिएको राईको भनाई छ । २२ कठ्ठा जमिनको बार्षि १ लाख ८२ हजार भारा वापत विद्यालयले तिर्नु पर्ने छ ।

भवन निर्माणमा गाईघाट समता स्कुललाई २० लाखको दायित्व सुम्पिएको छ । यता नगरपालिकाले १० लाख सहयोग गर्ने भएपनि विद्यालयलाई छुट्टै २० लाखको दायित्व परेको  हो । नगरपालिका सहित ३० लाख समताको भागमा परेको छ ।

बाँकी ३० लाख संञ्चालक समिति केन्द्रका भागमा रहने छ । विद्यालयकी प्रिन्सिपल राईले केन्द्रको आश गरेर भवन निर्माणमा लागि पर्नु नहुने बताईन् । केन्द्रको लामो गतिविधिले समयमै भवन निर्माण हुन नसक्ने भन्दै भवन निर्माणलाई ऋणमै भएपनि सम्पन्न गर्ने बताईन् । नगरपालिकाले पनि तत्काल ५ लाख मात्रै दिने बताएको छ ।

विद्यालयले महिनारी शुल्क १ सय, भर्ना सुल्क १५० र १ क्लास बाट कम्युटर पढ्नेलाई थप १ सय लिने व्यवस्था गरेको छ । उता परिक्षा शुल्क बार्षि १६ सय राखेको छ । विद्यालयले बार्षमा ८ चोटी परिक्षा संञ्चालन गर्दै आईरहेको छ ।

भवन निर्माण कार्य भईरहँदा विद्यालयको खातामा भने हाल २ लाखको हाराहारीमा स्रोत रहेको विद्यालयले जनाएको छ ।

देशकै सबैभन्दा सस्तो र गुणस्तरीय शिक्षा भनेर पठन पाठन गराईरहेको समता स्कुल नेपालको सबै जिल्लाहरुमा संञ्चालीत छ ।

गाईघाट सहित देशका बिभिन्न ठाउँमा समताले आफ्नै भवन निर्माण सुरु गरेको छ । कतिपय जिल्लाहरुमा आफ्नै भवन निर्माण गरी पठनपाठन कार्य सुरु भएको छ ।

समतामा फरक तरिकाले अध्यान गराईने फाउन्डेसनका निर्देशक दिपक संञ्जेलले बताए । अन्य विद्यालय भन्दा फरक वातावरणमा अध्यापन गराउनुका साथै विद्यार्थीहरुका लागि राम्रो व्यवस्थापनमा कर्मचारीहरुले धेरै मेहनत गर्नुपर्ने बताए । निमांणीधि भवनको सिल्यान्यास पौष २७ गते त्रियुगा नगरपालिकाका मेयर वलदेभ चौधरीले गर्नुभएको थियो ।