Sunday, May 10News That Matters

कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट

पूर्णपष्टि, चैत २८ गते । 

दाङको एक क्वारेण्टीनमा भर्ना भएका २० जनामध्ये ८ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । बेलझुण्डीमा रहेको क्वरेण्टीनमा भर्ना भएका २० जनामध्ये आठ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

क्वारेन्टीनमा भर्ना भएका मध्ये ८ जनाको रिर्पोट आईसकेपनि अन्य बाँकी १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

कैलालीको गौरीफन्टा नाका भएर आएका चार, रुपैडिहा नाका भएर आएका एक र दुवईबाट आएका तीन जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

भैरहवामा धेरै स्वाब सङ्कलन भएपछि परीक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।