Sunday, May 10News That Matters

त्रिविको जेठसम्म सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित

पूर्णपुष्टि, चैत २८ गते । 

त्रिभुवन विश्वविद्यालयले आगामी बैशाख र जेष्ठ महिनामा गर्ने भनिएको परीक्षा स्थगित गरेको छ । त्रिविले अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको हो ।

२०७७ साल वैशाख र जेठमा सञ्चालन गर्ने निर्णय भएका विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित भएको हो ।

साथै पोस्ट ग्रेजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्रेजुएट इन वमन स्टडिजका पूरा तथा आंशिक परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरिएको हो ।