Friday, July 17News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

संखुवासभा, चैत्र २८ गते ।

संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खाँदवारी नगरपालिका–२ आरुबोटे निबासी १९ बर्षीय महेश बिकको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा बिहिवार राती १० बजे अचानक करेन्ट लागेर घाईते भएका विकको उपचारका लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।