Friday, May 22News That Matters

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, जेठ २६ गते । 

स्याङ्जाको वालिङका कोरोना भाइरस पोजेटिभ भेटिएका एक जनाको मृत्यु भएको छ । प्रि आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशकले जनाएको छ ।

आईतबार साँझ मात्रै वालिङ– ३ का ६० बर्षिय पुरुषमा कोरोना भाइरसको पुष्टि भएको थियो । गत जेठ २१ गते राती भारतबाट वालिङ आउनु भएका पुरुषलाई २२ गते उपचारको लागि पोखरा पठाईएको थियो ।

उपचारको लागि पोखरा गएका पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानामा लिइएको स्वाब परिक्षणमा पीसीआर पोजेटिभ आएको हो ।

मृगौला, सुगर लगायतका बिभिन्न रोगका बिरामी भएको जानकारी पाए पछि तत्कालै पोखरा पठाईएको वालिङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

भारतको दिल्लीमा बस्दै आउनु भएका पुरुष सुनौलीसम्म बिभिन्न सवारी साधानमा आएर सुनौलीबाट आफैले गाडी रिजर्भ गरेर आउनु भएको थियो । सुनौलीबाट श्रीमान् श्रीमती मात्रै आएका वालिङ नगरपालिकाले नाएको छ ।