
पूर्णपुष्टि, जेठ २६ गते ।
आईतबार साँझ स्याङजामा एक जना कोरोना संक्रमितको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिका–३ का ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ ।
नेपालमा अहिलेसम्म ३ हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ भने ४ सय ६७ जना उपचारपछि निको भएका छन् ।

