
पूणर्पुष्टि, कार्तिक ९
कोरोना भाईरसबाट बच्न माक्स अति उपयुक्त र अनिवार्य रहेको एक अमेरीकी डाक्टरले बताएका छन् । हाल भाईरसको माहामारी नियन्त्रण नभईसकेको अवस्थामा माक्स अचुक उपाय रहेको उनले बताए । अमेरीका अझै पनि भाईरसको उच्च जोखिमनै रहेको देश हो । 
गत शुक्रबार मात्रै त्यहाँ संक्रमणका ८५ हजार नयाँ केसहरु फेला परेका छन् । युरोपका कतिपय देशहरुमा पनि भाइरस संक्रमणको प्रकोप बढ्न थालेका छन् । अब जाडो महिना लाग्दै जाँदा यो भाइरस संक्रमणको प्रकोप झनै खतरनाक बन्दै पो जाने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

अमेरिकाका शीर्षस्थ संक्रामक रोग विशेषज्ञ एन्थोनी एस. फाउचीले अमेरिकाभरि नै मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने स्थिति आउन सक्ने बताएका छन् । उनका अनुसार, अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा पुगेको कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि यसो गरिनु जरुरी रहेको बताए ।
उनका अनुसार, अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा पुगेको कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि माक्स प्रयोगको जरुरी रहेको बताए ।
कोरोनाभाइरसको संक्रमणलाई रोकथाम गर्नका लागि सबैले एक भएर यो उपायलाई अपनाउनु नै सबैभन्दा उत्तम उपाय हुने उनले उल्लेख गरेका छन् ।

सिएनएन
