
पूणर्पुष्टि, कार्तिक ९
हिन्दुहरुको महान पर्व वडा दशैँ नेपालीहरुको घरआगनमा छिरिसकेको छ तर पनि दशैँ जस्तो कसैलाई पनि अनुभव भएको छैन । विगतको दशैँ भन्दा यो बर्षका दशैँमा कमै मात्रामा दशैँको रोनक आएको महसुस भएको छ ।
दशैँ आयो तर रोनक आएन कोरोना भाईरसलाई मध्येनजर गर्दै यो बर्षको दशैँलाई हर्ष उल्लासमय बनाउन सकिएको छैन । स्वास्थ्य क्षेत्रलाई नियाल्दै दशैँलाई आआफ्नै परिवारमा सिमित राखेकोले होला मानिसहरुको आवत जावत कम छ । विगत झैँ एकआपसमा खुलेर शुभकामना आदान प्रदान गर्ने अवस्था छैन । लिङ्गे पिङहरु बन्न सकेन प्राकृतिक मौसम र समयले दशैँ त भित्रायो तर रौनक हर्ष उल्लास भने भित्रन सकेन । 
विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दशैंँ स्वागत गरिरहेको हुुन्थ्यो । लामो समय बेखबर बनेकाहरु घर फर्किन्थे । वर्ष दिनसम्म नभेटिएकाहरु भेटिन्थे । बसाइँ सरेर गएकाहरु दशैंँको मौका पारेर गाउँ फर्किन्थे, एकार्कामा खुशी साटासाट गर्थे । पर्यटकीयस्थल भरिभराउ हुन्थे । बजारका पसलमा किनमेल गर्नेको भीड हुन्थ्यो ।

दशैंँमा एकअर्काको घरमा जाने, मिष्ठान्न परिकार खाने चलन हुन्थ्यो । यस वर्ष त्यस्तो केही छैन । ‘अरु वर्ष दशँैं खुुब रमाइलो हुुन्थ्यो । यस वर्ष त कोरोनाका कारण जताततै सुनसान छ । क्यालेण्डरमा बाहेक दशैंँ कतै आएको जस्तो देखिएन । मनमा रोगको डर भएपछि जति रमाउन खोजे पनि सकिँदो रहेन छ’,
कोरोनाको संक्रमण बढ्दो छ । एकातिर कोरोनाको त्रास, अर्कातिर रित्तो गोजी । यही कारण घर बाहिर भएकाहरु फर्किन सकेका छैनन् । विगत वर्षमा जो जहाँभए पनि दशैंमा घर आउने चलन हुुन्थ्यो, यस वर्ष ठीक उल्टो अवस्था छ । जो जहाँ छन् त्यहिँ बसेर जसो तसो दशैं मनाउने तयारीमा छन् । घरमा वृद्ध बुुबाआमा हुनेहरु आशीर्वाद लिन जाने रहर हुँदाहुँदै पनि कोरोनाको जोखिमले यस वर्ष घर फर्किएनन् ।

उपत्यकामा रहेका देशैभरीका मानिसहरु यो पटक घर फर्केर दशैँ मनाउनै पाएन । संक्रमणको डरले गर्दा सुरक्षाको मापदण्डलाई अपनाउनु पर्ने अवस्थामा देशैभरी छरिएर बसेको नेपालीहरु एकअर्कामा प्रत्यक्ष भेटघाट गर्न नपाएको काठमाण्डौमा रहेकाहरु बताउँछन् ।
यो पटक दशैँमा करिब २ लाखको हाराहारीमा मात्र उपत्यका बाट आफ्नो घर दशैँ मनाउन फर्केको छ । त्यो पनि सुरक्षाको चुनौती सँग लड्दै उता विदेशबाट पनि हरेक दशैँमा लाखौ मान्छे स्वदेश फर्कन्थे अन्य वेला जे जस्तो भएपनि दशैँको बेलात गाउँपनि भिँडभाँड हुन्थ्यो ।


