
पूणर्पुष्टि , कार्तिक ९
नवलपरासीमा आमा छोरीको कोरोना संक्रमण बाट मृत्यु भएको छ । बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरी पनि कोरोना संक्रमण बाट मृत्यु भएको हो । आमा बिरामी परेपछि छोरीले आमाको स्याहार सुसार गर्ने क्रममा छोरीलाई पनि संक्रमण भएको हुन सक्ने देखिएको छ ।

बिरामी आमाको मृत्यु पछि पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उता आमाको रिपोर्ट पोजेटिभ आएपछि छोरीको पनि कन्ट्रयाक टे्रसिङ गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।
कावासोती नगरपालिका पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भयो । चार दिनपछि आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि देखियो ।
असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला उनको स्याहारसुसार गर्न खटिएकी थिइन् । त्यही क्रममा उनलाई संक्रमण भएको हुन सक्ने आफन्तको भनाइ छ ।
